Section 23
साधारण सभामा पेश र छलफल गर्नु पर्ने विषयहरू
(१) वार्षिक साधारण सभामा समितिले लेखापरीक्षण भै सकेको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब पेश गर्नु पर्नेछ ।
(२) जम्मा मत संख्याको कम्तीमा पाँच प्रतिशत मतको प्रतिनिधित्व गर्ने शेयरवाला वा शेयरवालाहरूले कुनै विषय साधारण सभामा छलफल र निर्णयको लागि पेश गर्न चाहेमा सो साधारण सभा बस्ने सूचना जारी हुनु अगावै अध्यक्ष समक्ष दरखास्त दिई पेश गर्न सक्नेछन् ।
(३) उपदफा (१) र (२) बमोजिम पेश भएका विषयको अतिरिक्त साधारण सभामा कोषको हिसाब किताब, समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, शेयरवालाहरूमा बाँडिने मुनाफा, सञ्चालक र लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक आदि उपर विचार गर्नु पर्नेछ ।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि दफा २१ को उपदफा (१) बमोजिम बोलाइएको प्रारम्भिक साधारण सभामा समितिले सो सभा हुनु भन्दा अगाडि कोषले गरेको कारोबारको विवरण सहितको प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(५) साधारण सभामा पेश गरिने प्रस्ताव, छलफल र निर्णयसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।